आज पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश–१ लगायत बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । देशका अन्य भूभागको मौसम सामान्यतः सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ ।
शनिबार प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
