आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ कार्तिक १७, बिहीबार ०७:२५
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि पनि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनुका साथै देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको रहने महाशाखाले जनाएको छ ।