सातै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने एमालेको घोषणा
काठमाडौं । नेकपा एमालेले नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तारको लागि सबै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको लागि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बारे जानकारी गराएक हुन् ।
अध्यक्ष ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा चलचित्रको प्रवर्द्धन, विकास र विस्तार समेत गरिने उल्लेख छ । प्रत्येक प्रदेशमा कला, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठान स्थापना गर्ने र मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गरिने समेत समेटिएको छ ।
कलाकर्मी, स्रष्टा, साहित्यकारको हक हित संरक्षण गरिने समेत समेटिएको घोषणा पत्रमा कलाकार, संस्कृतकिर्मी, स्रष्टा, सबै धार्मिक क्षेत्रका अगुवा र समाजसेवीहरूलाई सम्मानित गर्ने समेत एमालेको प्रतिबद्धता छ ।
नेपालभित्रको जनसुकै भौगोलिक क्षेत्रमा बसोवास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीसाधन दर्ता र सवारीचालक अनमुतिपत्र, घरजग्गा लगायतका सम्पत्तिको खरिद बिक्री कर, विद्युत, खानेपानीलगायतका सरकारी शलु्क तथा कर बझुाउनेर स्वास्थ्य तथा कृषि प्राविधिक लगायतका सेवाहरू अनलाईन प्रणालीबाट उपलब्ध गराइने सार्वजनिक घोषणापत्रमा उल्लेख छ ।
