हेर्नुहोस् एमालेको घोषणापत्रको पूर्णपाठ
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले ५ वर्षमा गर्ने महत्वाकांक्षी योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको हो ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको याक एण्ड यति होटलमाबाट डिजिटल प्रविधिमार्फत आसन्न निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ । यस्तै, कामका ३० क्षेत्र र २४७ प्राथमिकता पनि छुट्याएको छ । घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।
करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।
हेर्नुहोस् घोषणापत्र ।
