एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

तु खबर संवाददाता
२०७९ कार्तिक १५, मंगलवार ०७:२५
file-photo

काठमाडौं । नेकपा एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि आज दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणापत्र गर्ते एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले भने यसअघि नै आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।