हेटौंडा–७ मा गठबन्धनको चुनाव प्रचार–प्रसार कार्यालय उद्घाटन
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसारको गर्न सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा सोमबार बिहान कार्यालय उद्घाटन गरेको छ । हेटौंडा संघ र प्रदेशको निर्वाचनमा लोकतान्त्रिक बाम गठवन्धनको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको हो ।
गठबन्धन मकवानपुर क्षेत्र नम्वर १ प्रतिनिधि सभातर्फको उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नम्वर १ (ख) प्रदेश सभातर्फको उम्मेद्वार आनन्दराम पराजुली, गठबन्धन पार्टीका केन्द्रीय नेता, जिल्ला नेता, वडास्तरीय नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
कार्यालय स्थापना गरिएसँगै निर्वाचन आयोगको आचारसंहित अनुसार प्रचार–प्रसार कार्यक्रम सार्वजनिक गरिने हेटौंडा–७ का लोकतान्त्रिक बाम गठबन्धन चुनाव प्रचार प्रसार संयोजक चेतप्रसाद (अर्जुन) गौतमले जानकारी दिए ।
