मधेस प्रदेशमा आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०७९ कार्तिक १४, सोमबार ०७:३३

धनुषा । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो ।

संघ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने विदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिनमा समेत प्रदेशमा विदा दिने निर्णय गरेको हो ।