माओवादीको घोषणापत्र सोमबार सार्वजनिक हुने

तु खबर संवाददाता
२०७९ कार्तिक १३, आईतवार १५:४९

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययका अनुसार, उक्त घोषणापत्र सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने भएको हो । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र निर्माण समिति बनाएको थियो ।

माओवादीले घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गरेको छ ।