प्रत्यक्षतर्फको २ करोड ३६ लाख ८० हजारभन्दा बढी मतपत्र छपाई
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तरगत प्रत्यक्षतर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाई भएको छ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि १ करोड १८ लाख प्रतिनिधि सभातर्फ ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५ सय मतपत्र छपाई भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, प्रतिनिधि सभाका लागि १ सय ६५ र प्रदेश सभाका लागि ३ सय ३० निर्वाचन क्षेत्र रहेका छन् । आगामी निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम छन् । आगामी निर्वाचनबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० र प्रदेश सभाको समानुपातिकतर्फ २२० सदस्य निर्वाचित हुनेछन् ।
