विपन्नलाई मृत्यु संस्कारका लागि १० हजार दिने कांग्रेसको चुनावी बाचा
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि शनिवार घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा विपन्न नागरिकलाई मृत्यु संस्कारका लागि १० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ । विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा, मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकार मार्फत् उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ ।
कोखदेखि शोकसम्म विभिन्न कार्यक्रम घोषणा गरेको कांग्रेसले मृत्यु संस्कारको विषयलाई समेटेको हो ।
त्यस्तै ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।
उसले ५ वर्षभित्र सबै नागरिकको बीमा र बीमामार्फत् गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने जनाएको छ ।
