कालीकोटमा बम विस्फोट, २ बालिकाको मृत्यु

काठमाडौँ । कालीकोटको तिलागुफा नगरपालिका वडा नम्वर १० रानावाडामा भएको बम विस्फोटमा परी २ जना बालिकाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ३ जनाम घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिएका छन् ।
त्यस्तै गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका १० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।
पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।