कालिकोटमा जिप दुर्घटना, ७ जना घाइते

तु खबर संवाददाता
२०८१ जेष्ठ १०,बिहीबार १५:४४

कालिकोट । कालिकोटमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । घाइते हुनेहरू सबै शुभकालिकाकै हुन् ।

घाइतेको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ । घाइतेको उद्धार कार्य जारी रहेको जनाइएको छ ।

कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा सडकबाट तल खोलामा खसेको थियो ।