कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुँदै
काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्न लागिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर शुक्रबारका लागि तय गरिएको थियो ।
तर, शुक्रबारको कार्यक्रम पनि आज बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । उक्त घोषणापत्र सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी घोषणापत्र तयार पारिएको छ ।
