गठबन्धनद्वारा सहमतिका उम्मेदवारको सूची सार्वजनिक

तु खबर संवाददाता
२०७९ कार्तिक ११, शुक्रबार १५:०३
file-photo

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । शुक्रबार गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गर्दै उक्त सूची सार्वजनिक गरेधको जानकारी दिए ।

विज्ञप्तिमा केही स्थानहरुमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तय गरिएको र ती स्थानहरुमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको जनाइएको छ । गठबन्धनले निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरूका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदाताहरूलाई अपिल समेत गरेको छ ।