कांग्रेसको घोषणापत्र शनिबारमात्रै सार्वजनिक हुने

तु खबर संवाददाता
२०७९ कार्तिक ११, शुक्रबार १४:२१

काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र शनिबारमात्रै सार्वजनिक हुने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो ।

तर, आजको कार्यक्रम पनि शनिबार बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । उक्त घोषणापत्र सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।