नेकपा एमालेको घोषणापत्र कात्तिक १५ गते आउने

तु खबर संवाददाता
२०७९ कार्तिक ६, आईतवार १७:५९

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रेदश सभा निर्वाचनको घोषणापत्र तिहार र लगत्तै परेको छट पर्वपछि मात्रै सार्वजनिक गर्ने भएको छ । एमालेको घोषणापत्रको मस्यौदा तयार भएपनि त्यसलाई अन्तिम रुप दिन समय लाग्ने भएकाले एमालेले तिहार र छठ पर्वपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो ।

त्यसका लागि पार्टीका अध्यक्ष एवम् ‘घोषणापत्र निर्माण समितिका संयोजक केपी शर्मा ओलीले मस्यौदा अध्ययन गरिरहेको जनाइएको छ । एमालेले विकास र समृद्धिका साथै तीनै तहका सरकारबीचको समन्वयलाई आधार बनाएर चुनावी घोषणापत्रको मस्यौदा तयार गरेको एमाले नेताहरुको भनाइ छ ।