यस्तो रहने छ आजको मौसम पूर्वानुमान

तु खबर संवाददाता
२०७९ कार्तिक ६, आईतवार ०८:०६
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भू–भागमा मौसम सामान्यता सफा छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ ।