कांग्रेसद्वारा सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिमा सदस्य मनोनयन

तु खबर संवाददाता
२०७९ कार्तिक ५, शनिबार १६:२५

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले सांस्कृतिक समन्वय तथा प्रचार–प्रसार उपसमितिमा सदस्यहरू मनोनयन गरेको छ । ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति’ का संयोजक एवम् पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले सदस्यहरू मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवम् केन्द्रीय प्रचार–प्रसार समितिका सदस्य विद्यादेवी तिमिल्सिनाको संयोजकत्वमा गठित सो उपसमितिमा प्रदेश संयोजक र सदस्यहरू मनोनयन गरिएका छन् ।

हेर्नुहोस् सूची ।