निर्वाचनमा उम्मेदवारले कुन–कुन शीर्षकमा खर्च गर्न पाउँछन् ?

तु खबर संवाददाता
२०७९ कार्तिक ३, बिहीबार १७:३८

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारहरूले ऐन तथा कानूनको परिधिभित्र रहेर खर्च गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा निर्देशिकाको प्रतिकूल नहुने गरी उम्मेदवारले खर्च गर्न पाउने छन् ।

आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही मतदाता नामावली खरिद, सवारी साधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रियाका लागि खर्च गर्न सकिनेछ । यस्तै, अन्य प्रचार–प्रसार, छापा एवम् विद्युतीय माध्यम र सामाजिक सञ्जाल समेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनका शीर्षकमा खर्च गर्न सकिने आयोगले जनाएको छ ।