आजको मौसमः पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
२०७९ कार्तिक २, बुधबार ०८:१५
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको जनाएको छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।
यस्तै, आज दिउँसो देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराइमा मौसम सामान्यतया सफा नै रहनेछ ।
यसैगरी, भोलि बिहीबार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
