आजको मौसम : देशभरको मौसम सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । जसकारण पश्चिमी पहाडीबाहेक देशभरको मौसम सफा रहेको छ ।
यस्तै, दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भू–भागमा आंशिक बदली रहने आकलन गरिएको छ भने बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
