मकवानपुरमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आइपुग्यो

तु खबर संवाददाता
२०७९ आश्विन ३०, आईतवार १८:१६
file-photo

मकवानपुर । मकवानपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रमाणीतर्फको मतपत्र आज आइपुगेको छ । उक्त मत आइतबार अपराह्नमा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा समानुपातिक निर्वाचन प्रणालीतर्फ जिल्लाको क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ १ लाख ६८ हजार मतपत्रको ठेली आइपुगेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

यसैगरी, क्षेत्र नं. २ तर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तरगत प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ १ लाख ६९ हजार मतपत्र ल्याइएको २ नं. क्षेत्रका निर्वाचन अधिकृत मुकुन्दहरी पौडेलले जानकारी दिए ।

मकवानपुरमा ३ लाख ७३७ मतदाता रहेका छन् । जिल्लामा क्षेत्र नं. १ र २ मा गरी जम्मा ३६४ वटा मतदान केन्द्रहरु तोकिएको बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।