जनतालाई मालिक बनाउँछौँः रामचन्द्र पौडेल

तु खबर संवाददाता
२०७९ आश्विन ३०, आईतवार ०८:०८
file-photo

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई मालिक बनाउने गरी काम गर्ने बताएका छन् । व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।

शहीदको बलिदानबाट प्राप्त भएका जनताका अधिकारलाई कुठाराघात गर्ने प्रवृत्ति हावी हुँदै गएकाले त्यसको रक्षाका लागि गठबन्धनले खबरदारी गर्दै आएको उनको भनाइ थियो ।

गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हरिबहादुर चुमानले गठबन्धन सत्ता, पद, निर्वाचनका लागि मात्रै नभई राष्ट्रियतासँग जोडिएको बताए ।