निर्वाचन आयोग : प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

तु खबर संवाददाता
२०७९ आश्विन २७, बिहीबार १८:०४

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ (प्रत्यक्षतर्फ) को मतपत्र छपाइ सुरु भएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइको प्रबन्ध मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहनेछ । प्रत्येक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् ।

बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेश सभा तथा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइमा जुटेको हो । समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको पनि आयोगले जनाएको छ ।