एकीकृत समाजवादीद्वारा बागी उम्मेदवारी फिर्ता लिन निर्देशन

तु खबर संवाददाता
२०७९ आश्विन २६, बुधबार ०९:४५

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारी फिर्ता निल निर्देशन दिएको छ । पार्टीका महासचिव बेदुराम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका सन्दर्भमा गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका पार्टीका सबै उम्मेदवारीहरुले निर्धारित समयभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै सो पार्टी सो निर्देशन नमान्ने उम्मेवारीलाई पार्टीले कारबाही गर्ने जनाइएको छ ।