निर्वाचन आयोग : प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी

तु खबर संवाददाता
२०७९ आश्विन २५, मंगलवार १७:०६

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार ४ सय ३३ पुरुष र एक सय ५० महिला गरी १ हजार ५ सय ८३ लाई उम्मेदवार उठाएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, ८ सय ५८ पुरुष र ८५ महिला गरी ९ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिला गरी दुई हजार पाँच सय २६ को उम्मेदवारी परेको छ ।

प्रत्यक्षतर्फ प्रदेश नं १ मा पाँच सय ४८ जना, मधेश प्रदेशमा एक हजार ५५ जना, बागमती प्रदेशमा सात सय एक जना, गण्डकी प्रदेशमा दुई सय ७१ जना, लुम्बिनी प्रदेशमा पाँच सय ३२ जना, कर्णाली प्रदेशमा एक सय ४३ जना, सुदूरपश्चिम प्रदेशमा दुई सय २६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।