कमल थापाले दर्ता गराए उम्मेदवारी
मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनले हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेको साथ पाएका उनले आइतबार दिउँसो १ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा रहेका छन् । उनी सुर्य चिन्हबाट चुनाव लड्न लागेका हुन् । सोही क्षेत्रबाट २ पटक एमालेका कृष्ण दाहालसँग चुनाव हारेका उनले यस पटक भने एमालेका साथ पाएका हुन् ।
