कांग्रेसले प्रतिनिधि सभातर्फ ६० निर्वाचन क्षेत्रमा टुंग्यायो उम्मेदवार

तु खबर संवाददाता
२०७९ आश्विन २२, शनिबार १६:२५

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको एक पदाधिकारीले जानकारी दिए ।

ती पदाधिकारीका अनुसार केही क्षेत्रमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले आफू निकट नेतालाई टिकट दिन जोड गर्दा उम्मेदवारको टुंगो लाग्न सकेको छैन । आज बस्ने संसदीय बोर्डको बैठकले गठबन्धनमा कांग्रेसले पाएका सबै क्षेत्रको उम्मेदवारी टुंगो लगाउने ती पदाधिकारीले बताए ।