सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

तु खबर संवाददाता
२०७९ आश्विन १४, शुक्रबार ०८:५८
file-photo

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् ।

आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय गर्नेछ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।