कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने

तु खबर संवाददाता
२०७९ आश्विन १३, बिहीबार ०९:१३

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनमा ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो ।

जसअनुसार कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर– ३, कञ्चनपुर–२, डडेलधुरा, दार्चुला, कैलाली– १, ४, ५, अछाम –२, बाजुरा, सुर्खेत– १ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम –२, बर्दिया– १ रहेको छ । दैलेख–१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।

यसैगरी, चितवन – १ र २, गोरखा – १, मनाङ, कास्की– १, तनहुँ– १ र २, स्याङ्जा– १ र २, नवलपरासी पूर्व– १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी– १, पाल्पा– १, अर्घाखाँची, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ– ३ र बाँके – ३ निर्वाचन क्षेत्रबाट चुनाव लड्न पाउने सहमति भएको छ ।

यसैगरी पाँचथर, इलाम–२, झापा – १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ–१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी –३, ४, सिरहा – १, २ धनुषा– २, ३ र ४ महोत्तरी – २ र ३ निर्वाचन क्षेत्र पनि कांग्रेसले लिने सहमति भएको छ ।

यस्तै सर्लाही – ४, बारा– १, पर्सा –३ र ४, सिन्धुली–१, रसुवा, धादिङ – २, नुवाकोट –२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे ––२ सिन्धुपाल्चोक – २ र मकवानपुर– १ कांग्रेसले लिने बताइएको छ ।

जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ ।