एमाले सचिवालय बैठक बिहीबार बस्ने
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने भएको छ । बैठक बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने भएको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न बैठक बोलाइएको पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
नेकपा एमालेले असोज १६ भित्र प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने बताउँदै आएको छ । निर्वाचन आयोगले भने असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ ।
