विभिन्न राजनीतिक दलले गरे निर्वाचनसम्बन्धी आचारसंहितामा हस्ताक्षर

तु खबर संवाददाता
२०७९ आश्विन ९, आईतवार १७:३८

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले निर्वाचनसम्बन्धी आचारसंहितामा हस्ताक्षर गरेका छन् । उनीहरूले निर्वाचन आयोग पुगेर आचारसंहितामा हस्ताक्षर गरेका हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी आचारसंहितामा प्रतिबद्धता जनाउन आयोग गरेका राजनीतिक दलका शीर्ष नेताले हस्तक्षर गरेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता एवम् गृह मन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीलगायत हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका थिए ।