निर्वाचन आयोगद्वारा असोज २० भित्र कार्यालय स्थापना गर्न निर्देशन

तु खबर संवाददाता
२०७९ आश्विन ७, शुक्रबार १६:५९

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सो निर्देशन गरेका हुन् । आयोगले यसअघि सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत तोकेको थियो ।

साथै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउन भन्दै कार्यालय स्थापना गरेपछि आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछोड्न भनेको छ ।