कार्यदलसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ आश्विन ४, मंगलवार १०:१३
file-photo

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । कार्यदलसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

सीट बाँडफाँटको अन्तिम सहमति जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरु बैठक बस्न लागेको कार्यदलका एक नेताले बताए । सीट बाँडफाँटमा सहमति नजुटेपछि यसअघि पटक पटक बसेको बैठक निष्कर्षविहीन भएको थियो ।