राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको सूची
काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश र प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको छ ।
नेता हिमलाल पुरीका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ११० जनाकै सूची बुझाइएको छ ।
यस्तै, प्रदेशतर्फ बाग्मतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको छ ।
