माओवादी कार्यदलले हटायो समानुपातिक सूचीका १६ सय नाम

तु खबर संवाददाता
२०७९ आश्विन ३, सोमबार ०९:०५

काठमाडौं । समानुपातिक बन्द सूची टुंग्याउन नेकपा माओवादी केन्द्रले गठन गरेको कार्यदलले जिल्ला, प्रदेश हुँदै आएका करिब १६ सय नाम हटाएको छ । माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि छलफल गरेको थियो ।

नाम धेरै आएको भन्दै पार्टीले तय गरेका मापदण्ड र संविधानले तोकेको क्लस्टर अनुसार मिलाउन देव गुरुङ नेतृत्वको तीन सदस्यीय कार्यदललाई जिम्मेवारी दिएको थियो । कार्यदलमा उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य छन् ।

केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको कार्यदल बैठकले संघ र प्रदेशका लागि सिफारिस भएका १६ सय नाम हटाएको केन्द्रीय कार्यलय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।उनका अनुसार, संघ र प्रदेशका लागि २ हजार नाम आएकोमा त्यसलाई मिलाउँदै आयोगले ४ सयमा झारेको हो ।