निर्वाचन आयोगबाट तीन जना पक्राउ
काठमाडौं । निर्वाचन आयोगमा हो–हल्ला तथा नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् ।
आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका उनीहरुले होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीलाई खबर गरी पक्राउ गरिएको हो । उनीहरुलाई दरबारमार्ग वृत्तमा राखेर अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
