कांग्रेस संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ आश्विन २, आईतवार ०९:२६
file-photo

काठमाडौं । नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

पदाधिकारीमा नेता रामचन्द्र पौडेललाई पनि थपिएको संसदीय समितिको बैठक हिजो पनि बसेको थियो । कांग्रेसले क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी टुंगो लगाइने छ ।

निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने समय आज र भोलिको लागि निर्धारण गरेको छ ।