समानुपातिक सांसदमा मोक्तानको दाबी

तु खबर संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १७:५९

मकवानपुर । नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख बिरोध मोक्तानले समानुपातिक सांसद पदमा दाबी गरेका छन् ।

समानुपातिक सांसदको लागि सिफारिस भएका उम्मेदवारहरुमध्ये आफुले युवा वर्गको प्रतिनिधित्व गर्ने र आफु जनजाति समूदायबाट पनि भएकाले पार्टीले आफुलाई एक पटक अवसर दिनेमा ढुक्क रहेको उनले बताए ।

कांग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ८ निवासी मोक्तानलाई प्रदेश सभा क्षेत्र नम्वर १ (ख) को तर्फबाट समानुपातिक सांसदका लागि सिफारिस गरेको थियो ।

प्रदेश सभामा आफ्नो उपस्थिति भएपछि नीति निर्माण, विकास निर्माण तथा आम समुदायको हितका लागि थुप्रै काम गर्ने योजना रहेको मोक्तानले बताए ।

कांग्रेस मकवानपुरले भदौ १८ गते उनीसहित सो क्षेत्रमा १५ जनाको नाम सिफारिस गरेको थियो ।