समानुपातिकतर्फको निर्वाचन कार्यातालिका सार्वजनिक

तु खबर संवाददाता
२०७९ भाद्र २७, सोमबार १०:०८

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुर्नेछ ।

उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ । दलहरुले बन्द सूची सच्याएर असोज १० गतेदेखि १६ गतेसम्म पेश गर्नुपर्नेछ