विपी जयन्तिको अवसरमा पुर्नस्थापना केन्द्रलाई समाजको सहयोग

तु खबर संवाददाता
२०७९ भाद्र २५, शनिबार १०:०७

मकवानपुर । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर विपी विचार समाज मकवानपुरले अनाथ अपाङ्ग बाल पुर्नस्थापना केन्द्रलाई आर्थिक सायोग गरेको छ ।

विपी जयन्यन्तीको अवसर पारेर समाजले शुक्रबार एक कार्यक्रमकाबीच हेटौंडा–१४ मयुरधापमा रहेको पुर्नस्थापना केन्द्रलाई ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको हो ।

समाजका अध्यक्ष बिनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष प्रदिप कोइराला, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष सर्मीला श्रेष्ठ, सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरका अध्यक्ष विजेन्द्र अग्रवाल लगाएतको उपस्थिति रहेको थियो ।