विपी जयन्तीको अवसर पारेर चुनाव लक्षित अभियान कार्यक्रम

तु खबर संवाददाता
२०७९ भाद्र २४, शुक्रबार १८:०४

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा चुनवा लक्षित गरेर नेपाली कांग्रेसले सुरु गरेको जनताको साथ नेपाली कांग्रेस अभियान मकवानपुरमा शुक्रबार एक कार्यक्रमकाबीच समापन गरिएको छ ।

पार्टीका संस्थापक एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालको जन्मजयन्तीको अवसर पोर अभियानको समापन गरिएको हो । कार्यक्रमकै अवसरमा महानाव विपी कोइरालाकाले नेपालको राजनितिमा पुर्याएको योगदानको बारेमा चर्चा समेत गरिएको थियो ।

उक्त अवसरमा बोल्दै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले जिते मात्रै जनताको जित हुने भएकाले जनताको घर दैलोमा पुगेर कांग्रेस जिताउन लाग्नु पर्ने बताए ।

उनले अभियान सम्पन्न भएपनि कांग्रेस नेता कार्यकर्ता सधैं नेपाली जनताको घर आगनमै हुनुपर्ने बताए । सभापती लामाले कांग्रेसले जिते मात्र जनताको जित र देशको विकास सम्भव हुनेपनि बताए ।

नेपाली कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले सहजिकरण गरेको कार्यक्रममा उपसभापति आनन्द कठायत, निवर्तमान कार्यवाहाक सभापति बिष्णु लामिछाने, पार्टीका पूर्व प्रवक्ता प्रदिप कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल (माइकल), बागमती प्रदेश सदस्य चम्पुरत्न लामा, जिल्ला सचिव इश्वर पाठक, सहसचिव निशान बजगाईं, जिल्ला सदस्य एवं पार्टी प्रवक्ता अर्जुन चौँलागाईं, नेपाल महिला संघ मकवानपुरका अध्यक्ष लक्ष्मी श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।