राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा

तु खबर संवाददाता
२०७९ भाद्र १९, आईतवार १६:२९
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै अध्यक्ष लिङदेनले सो कुराको घोषणा गरेका हुन् ।

अध्यक्ष लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए । उनले भने, ‘अबबाट यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखे दिन पनि तयार छु ।’