राप्रपाले केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । पार्टीले भदौ २१ गते सुकेधारामा एक कार्यक्रमबीच केन्द्रीय सदस्यहरुलाई चुनाव लक्षित राजनीतिक प्रशिक्षण दिने भएको हो ।
प्रशिक्षणमा सहभागी हुन चाहने सदस्यहरुलाई आइतबारसम्म नाम दर्ता गर्न पार्टीले आग्रह पनि गरेको छ । नाम दर्ता गर्न एक हजार शुल्क लाग्ने पनि पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले सातै प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै राप्रपाको जिल्ला स्तरका प्रशिक्षण कार्यक्रमहरु पनि जारी रहेको प्रशिक्षण विभाग सदस्य सचिव दीनेशकुमार कार्कीले जानकारी दिए ।
