अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा अधिकारी पक्राउ
काठमाडौं । अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २१ गितानगर घर भई हाल काठमाडौंको बसुन्धारामा बस्दै आएका ३९ वर्षीय रविन अधिकारी भन्ने रविन्द्र अधिकारी रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो । उनले पीडितहरुबाट प्रतिव्यक्ति १ लाखका दरले ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको भनाई छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको जनाइएको छ ।
