खोलाले बगाएर एक जना बेपत्ता

तु खबर संवाददाता
२०७९ भाद्र १२, आईतवार ०८:३७
File Photo

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राई रहेका छन् । उनलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता भएका हुन् । नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासीसमेत रहेको प्रहरीले जनाएको छ । उनको म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिरहेको जनाइएको छ ।