पहिरोले पुरिएर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण १७, मंगलवार १०:१४

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा पहिरोले तीन वटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गएराती आएको पहिरोले घर पुरिँदा स्थानीय घामबहादुर विकको छोरा १३ वर्षका राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर अझै तीन जना बेपत्ता भएका छन् । सो पहिरोमा परेर घामबहादुर विक, उनको श्रीमती र ७ वर्षीया छोरी बेपत्ता भएका छन् । स्थानीयवासीले उनीहरुको खोजी जारी राखेका छन् । उक्त घटनाबारे जानकारी भएसँगै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।