एमालेको पोलिटब्यूरो बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको हो । बैठकमा शुक्रबार (भोलि) देखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौं बैठकका एजेण्डा र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे पोलिटब्यूरोलाई जानकारी गराउने छन् । यस्तै, आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको नेकपा एमालेले चरणबद्ध बैठकहरु राखेको छ ।
भदौ ७ मा स्थायी कमिटी बैठक राखेको एमालेले आज ९ गते पोलिटब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाएको छ ।
