महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७९ भाद्र ८, बुधबार ०८:१५
file-photo

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । भदौं २९ गतेभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो ।

बैठक अपरान्ह २ बजे बस्ने भएको हो । मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ ।

समितिले भदौ २९ गतेभित्र जबरामाथि लागेको महाभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो ।