बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच छलफल चलिरहेको छ ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, कार्यदल संयोजक कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी रहेका छन् । यस्तै, माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी छन् ।
